News Portal

  • शासक दलहरु एमसीसी पास गर्ने मौका पर्खिरहेका छन् : गोसाई

    भक्तपुरपोस्ट संवाददाता दैलेख, ९ असोज २०७८
    ९०५ पटक
    दैलेख, ९ असोज २०७८

    नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ । पार्टी नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरिएको थियो ।

    पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले जन दबाबको कारण एमसीसी सम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न शासक दलहरुले मौका खोजिरहेको बताए । उनले एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सजाय दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट रहेको उद्घोष गरे ।

    केन्द्रीय सदस्य गोसाईले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको आरोप लगाए । उनले नेमकिपाले समाजमा वैज्ञानिकता तथा भौतिकवादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको उल्लेख गरेका थिए ।

    नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता औल्याए । उनले एमसीसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएका तर शासकहरूले त्यसको विरोध गर्न नसकेका प्रति खेद प्रकट गरे ।
    \
    नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति सङ्घर्ष गरिरहेको विचार व्यक्त गरे ।

    उक्त अवसरमा नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विक,जिल्ला सदस्य एवम् चाविनपा वडा नं ३ का वडाध्यक्ष निरकबहादुर शाही,दैलखका जिल्ला सदस्य एवम् अठविस नपा कडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापति, पूर्व जिल्ला अध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घको दैलेख जिल्ला अध्यक्ष धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेक्राशिसङ्घ, दैलेखको जिल्ला समिति सदस्य लोकप्रसाद आचार्य, नेमकिपा ठा“टीका“ध गाउ“ पालिका समितिका अध्यक्ष मनराज थापा, नेमकिपा चाविनपाका उपाध्यक्ष मनबहादुर विकलगायतले मन्तव्य राखेका थिए ।

    चाविनपा नगर समितिका अध्यक्ष शिवराज जैसीकोे सभापत्त्विमाम भएको कार्यक्रममा एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद लगायतका नारा लगाइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...