News Portal

  • जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० मंसिर २०७८
    ६१८ पटक
    भक्तपुर, २० मंसिर २०७८

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । युवा पत्रकार बिष्णु सापकोटा जुगलको नेतृत्वमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।                                                                                                                 बन्दसत्रमा आइतबार वरिष्ठ पत्रकार बलराम थापाले प्रस्तुत गरेको १९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत भएपछि निर्वाचन समितिले निर्विरोध निर्वाचन सम्पन्न भएको घोषणा गरेको उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहालले जानकारी दिए । अध्यक्ष मात्र टुङ्गिएको नव निर्वाचित कार्यसमितिको बैठकले अरु पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ भने रिक्त रहेका पदहरुमा मनोनयनको जिम्मेवारी समेत कार्यसमितिलाई दिइएको छ । चौथो महाधिवेशनबाट पहिलो पुस्ताका संस्थापक नेताहरु महेश्वर दाहाल, ओम शर्मा, गोविन्द आचार्य, खिलवहादुर भण्डारी, बलराम थापा,संगीता खड्का लगायत विदा भएका छन् भने संगठनको नेतृत्व युवाहरुको हातमा आएको छ।

    निवर्तमान अध्यक्ष महेश्वर दाहालले आइतबार नवनिर्वाचित अध्यक्ष जुगललाई  बधाई सहित पद हस्तान्तरण समेत गरेका छन् । दाहालको नेतृत्वमा यसअघि २६० सदस्यीय कार्यसमिति रहेको थियो । निर्विरोध निर्वाचित भएपछि अध्यक्ष बिष्णु सापकोटा जुगलले प्रेस सेन्टरको इतिहासलाई थप उचाइमा पुर्याउने र कृष्णसेन लगायतका शहिदले देखाएको बाटोमा अबिचलित रहने प्रतिबद्धता प्रकट गरेका थिए ।                                              

     शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका थिए । उनले पत्रकारहरुलाई परिवर्तनको रक्षाको लागि पहलकदमी लिन आग्रह गर्दै जनपक्षीय पत्रकारिताबारे आवश्यक सुझाव समेत दिएका थिए ।                                                                                                                                        महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनबाट प्रेस सेन्टर नेपालले १९ बुँदे चितवन घोषणा पत्र समेत सार्वजनिक गरेको उक्त घोषणा पत्रका मस्यौदाकार समेत रहेका पत्रकार टेनिस रोकाले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...