News Portal

  • रहेनन् पूर्व सांसद एवं साल्ट ट्रेडिङका अध्यक्ष मानन्धर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ माघ २०७७
    २१८ पटक
    भक्तपुर, ६ माघ २०७७

    साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

    पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए ।

    मानन्धरलाई भाषासेवी, शिक्षासेवी र समाजसेवीका रुपमा पनि चिनिन्छ भने उनी पूर्वसांसद समेत हुन्।

    उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो ।

    अस्पताल लगेको केही समयमा नै उनको ९३ वर्षको उमेरमा मृत्यु भएको हो।

    उनी १९८५ मंसिर ४ मा ठहिटीमा जन्मिएका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन...

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई...

    मतदान स्थलमै मतगणना गर्नुपर्छ : न्यायाधिश बास्तोला

    गोपाल gopal prasad bastola

    भक्तपुरका मूख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश गोपालप्रसाद बास्तोलाले निर्वाचन गराउन बजेट र जनशक्ति...

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ...

    सूर्यविनायकमा एमाले नेतृत्वको निरन्तरता : मेयरमा थापा र उपमेयरमा भट्टराई निर्वाचित

    सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले)ले आफ्नो नाक राखेको छ । जिल्लाका २ पालिकाको नेतृत्व गुमाउन पुगेको...