News Portal

  • ललितपुरमा एक युवकमाथि छुरा प्रहार

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    ३२३ पटक
    भक्तपुर, २८ असार २०७९

    ललितपुरको टीकाथलीमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ ।

    धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको तातोपानी नगरपालिका ४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ५ टीकाथली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍यलाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...