News Portal

  • डीपी ढकालको पुस्तकमाथि बौद्धिक नेताहरूबीच बहस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ माघ २०८१
    १३१६ पटक
    भक्तपुर, २७ माघ २०८१

    अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे राजधानीमा परिचर्चा गर्दै शनिबार समाजवादी नेता एवं अभियन्ताहरुले नेपाली विशेषता सहितको समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता औल्याए ।

    शंखमुलको बर्गर क्लबमा ननस्टप मिडियाले आयोजना गरेको सो पुस्तक परिचर्चा कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक लेखनाथ न्यौपानेले आर्थिक आधारमा मात्र समाजवाद निर्माण गर्न नसकिने बताए ।

    समाजवादमा कस्ता मानिस हुने र कस्ता बनाइने भन्ने प्रश्न महत्वपूर्ण भएको नेता न्यौपानेको भनाइ छ । उनले वर्तमान संसदीय प्रतिस्पर्धाबाट समाजवादमा पुग्न नसकिने भन्दै समाजवादको पहिलो चरणमै पुग्न भिडन्त अनिवार्य रहेको उल्लेख गरे ।

    प्रा डा सूर्य थापाले समाजवादका दुई चरण थेसिसका रुपमा अघि बढ्नुपर्ने बताए ।

    पत्रकार दुर्गा खनालले नयाँ पुस्तालाई समाजवादका पर्याप्त खुराक दिन नसक्दा समाजवादमा पुग्न नसकिने प्रष्ट पारे ।

    माओवादी केन्द्रकै केन्द्रीय सदस्य रामदीप आचार्यले समाजवादको एकल मार्ग नहुनेमा जोड दिदैँ दुई चरण बस्तुगत होकि होइन र अरु बाटोबाट पनि समाजवाद सम्भव छकि छैन भन्ने बारे व्यापक बहस हुनुपर्ने बताए ।

    त्यस्तै, अर्का केन्द्रीय सदस्य अनिल शर्माले समाजवाद केन्द्रीत कार्यक्रममा जोड दिए ।

    राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले शिक्षा क्षेत्रबाट समाजवादको अभ्यास शुरु गर्नुपर्ने बिचार ब्यक्त गरे ।

    पत्रकार नरेश रेग्मीले बिज्ञान तथा प्रविधिको उपयोगमा जोड दिए । सामाजिक संजाल र सूचना प्रविधिको प्रयोगगरी समाजवादी ज्ञानलाई प्रचार गर्नुपर्ने पनि उनले बताए ।

    युवा नेता बिजय गौतमले पुजीवादमा संकट देखापरेपनि समाजवादीमा त्यही तहको आशा र बिश्वास नबढ्नुमा पुजीवादले सामाजवादको नीति चोरेर आफूलाई हाइब्रीड बनाएकोले हुनसक्ने बिचार ब्यक्त गरे ।

    अर्का नेता दीपक देवकोटाले नागरिक अधिकार निर्वाध उपभोगको अवस्था सृजना गर्दै जानुपर्नेमा जोड दिए ।

    मार्क्सवादी अध्ययन प्रतिस्ठानका उपाध्यक्ष श्रीराम खाइजूले समाजवाद बारे लेखिएका सामाग्री बुद्धि बिलासको रुपमा मात्र रहेको र त्यसले आम जनमत आकर्षित गर्न नसकेको तर्क गरेका थिए ।

    सो अवसरमा बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावना, माओवादी केन्द्रका नेताहरु दीपक देवकोटा, तिलक मल्ल, सुनिल गोठे बासु, पत्रकार बबिन शर्मा, प्रकाशक ननस्टप मिडियाका निर्देशक संजीप शुभचिन्तक लगायतले यस्ता बहसले समाजवादको बाटो तय गर्न मार्गनिर्देश गर्ने बताए ।

    कार्यक्रममा ‘समाजवादी क्रान्तिका दुई चरण’का लेखक डीपी ढकालले समाजवाद आफैं आउँछ वा सचेत प्रयत्न आवश्यक छ भन्ने बारे समाजवादका यात्रीहरुमै अलमल र अस्पष्टता रहेको उल्लेख गर्दै पुस्तकमा समाजवादमा कसरी पुग्ने भन्ने बहस उठान गरिएको प्रष्ट पारे ।

    समाजवादका लागि पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’ को बाटोमा अघि बढ्नुपर्ने र दोस्रो चरणमा ‘समाजवादमा संक्रमणको महा अभियान आवश्यक हुने’ उनको तर्क छ ।

    समाजवादको निर्माण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राष्ट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका आठ वटा शीर्षकमा तर्क र तथ्यहरू प्रस्तुत गरिएका पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’ ननस्टप मिडियाले प्रकाशन गरेको हो ।

    १ सय पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ५० रुपैयाँ राखिएको छ । प्रकाशनको १ वर्ष नपुग्दै तेस्रो संस्करण प्रकाशन गर्नुपरेबाट पुस्तक पठनीय रहेको पुष्टि हुने प्रकाशकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...