News Portal

  • मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८ असोज २०७९
    ४१३ पटक
    भक्तपुर,८ असोज २०७९

    झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गएराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    मोरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा गएराति उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    घाइते रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...