News Portal

  • राष्ट्रिय विद्यार्थी फेडरेशन अखिल क्रान्तिकारीमा बिलय

    इमान्दार संवाददाताकाठमाडौं ।
    १०२५ पटक
    काठमाडौं ।

    २००६ सालमा पुस्पलाल श्रेष्ठको नेतृत्वमा कम्युष्टि पार्टी स्थापना भएलगत्तै बनेको नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन माओवादी सम्बद्ध अखिल क्रान्तिकारीमा बिलय भएको छ ।

    नेकपा संयुक्तको भातृ संगठन फेडेरेशन नेपाल कम्युनिस्ट पार्टी स्थापनासँगै गठन भएको देशकै पूरानो विद्यार्थी संगठन हो । नेकपा संयुक्त चुनावअघिनै माओवादीमा मिसिएको थियो ।

    स्थापनापछि फेडेरेशनलाई १७ असार २००७ मा औपचारिकता दिएर नेपाल राष्ट्रिय विद्यार्थी संगठन (नेराविफे) राखिएको थियो । २००७ लाई नै नेपालको पहिलो विद्यार्थी मञ्चका रुपमा रेहेको फेडेरेशनलले आधिकारिकता पाएको हो ।

    समाजवादी शिक्षा अंगिकार गरेको प्रगतिशील विद्यार्थीहरुको संगठन भएपनि अरु कुनै विद्यार्थी संगठनको स्थापना नभएकोले फेडेरेशन नै विद्यार्थीको साझा मञ्चको रुपमा रहेको थियो ।

    कम्युनिस्ट पार्टीसँगै स्थापना भएको नेपालको सबैभन्दा जेठो विद्यार्थी संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन अब भने इतिहासमै सिमित भएको छ ।

    कम्युनिष्टहरुको टुटफुटसँगै बनेको नेकपा संयुक्त निकट रहेको नेराविफे बुधबार औपचारिक रुपमा माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)सँग मिसिएपछि इतिहासमै सिमित भएको हो ।

    माओवादी नेकपा संयुक्त र माओवादी केन्द्रबीच पार्टी एकता भइसकेकोले नेराविफे पनि क्रान्तिकारीमा मिसिएको हो । २००६ सालमै संगठित भएपछि १७ असार २००७ लाई आधिकारिकता मानिएको नेराविफेको इतिहास विद्यार्थी आन्दोलनमा गर्विलो छ ।

    २००७ सालमा तत्कालीन राजदरबार, नेपाली कांग्रेस र दिल्लीबीच भएको दिल्ली सम्झौता धोकापूर्ण भएको भन्दै भण्डाफोर गरेको थियो ।त्यसलगत्तै २००८ सालमा फेडेरेशनको पहिलो सम्मलेन भएको थियो । जसबाट बासुदेव ढुंगाना अध्यक्ष बने ।

    उक्त सम्मेलनबाट पनि फेडेरेशनको नाम नेराविफे नै राखेर समाजवादी विद्यार्थी आन्दोलनमा सकि्रए भएको थियो । ‘विद्यार्थीको साझा मञ्चका रुपमा रहेको फेडेरेशनको पहिलो सम्मेलन २००८ मा भएको हो,’ एकतामा आएका नेराविफेका अध्यक्ष दिपक जोशीले इतिहास सम्भिmदै भने,’बासुदेव ढुंगाना अध्यक्ष बन्नु भएको थियो ।’

    ०२२ सालसम्म नेपालमा विद्यार्थी संगठनका रुपमा यही नेराविफे मात्रै थियो । जसले सोही वर्ष स्वतन्त्र विद्यार्थी युनियनको स्थापना समेत गरेको हो ।

    त्यसपछि भने नेराविफेबाटै ०२२ अनेरास्ववियुको जन्म भयो । अनेरास्ववियु नै पुस्पलाल निकट बन्यो । प्रगतिशीलवादी विद्यार्थीहरुको मात्रै संगठन भएपनि जनवादी शिक्षा नमान्ने भन्दै प्रजातान्त्रिक धारका विद्यार्थीहरुले नेपाल विद्यार्थी संगठनको स्थापना गरे ।

    ०२७ सालमा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेराविफे स्थापना भएको २० वर्ष पछि नेपाल विदार्थी संगठन स्थापना भएको थियो ।’नेराविफेले नै ०२२ सालमा स्ववियु स्थापना गरेको हो,’ अध्यक्ष जोशीले भने,’पछि ०२२ सालमा नेराविफेबाटै अनेरास्ववियु गठन भयो,अनेरास्ववियु पुस्पलालतिर लाग्यो, नेराविफे पनि आन्दोलनमै थियो, नेविसंघ त ०२७ मा माै स्थापना भएको हो ।’ अनलाइन खबर

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...