News Portal

  •  शे-फोक्सुण्डोका अधिकृतमाथि नेकपाले यसरी गर्‍यो कारवाही, हेर्नुहोस् ४ कारणसहित

    इमान्दार संवाददाता
    १७७५ पटक

    जीवन बोहोरा, डोल्पा ।

    डोल्पास्थित शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जका अधिकृतमाथि नेकपाले कारवाही गरेको छ ।

    बिगत ४ बर्षदेखि राष्ट्रिय निकुञ्ज भित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी कमिसनमा विक्रिवितरण गर्न लगाएर कराेडाैं कुम्ल्याएकाे भन्दै नेकपा डोल्पाले शुक्रबार बिहान ११ बजेतिर अधिकृत रामदेव चौधरीमाथि कालोमोसो दलेको हो ।

    यार्सागुम्बा संकलन समयमा निकुञ्जको नियम विपरीत ठेकेदारलाई रसिद बितरण गरेकाे अार्थिक स्पष्टता प्रष्ट नपारी गैरकानुनी तवरले ब्यक्तिवाद लागू गरि काम गरेकाे भन्दै जनताहरूले बारम्बार गुनासाे गरेपछि नेकपाले चेतावनीस्वरुप उक्त कारवाही गरेको जनाएको छ ।

    निकुञ्ज भित्रका टेन्डर सार्वजनिक नगरी अान्तरिक मिलाेमताेमा कमिसन खादै अाएकाे, निकुञ्ज भित्रका विविध तहका कर्मचारीमाथि शारीरिक,मानसिक र श्रम शोषण समेत गर्दै अाएकाे भन्दै कारवाही गरेकाे नेकपाले जनाएकाे छ ।

    चौधरीमाथिको कारवाही अनियमितता गर्ने, भ्रष्टचारी, कमिसनखोर र सबै दलालहरुका लागि पनि चेतावनी भएकोले अन्य इमान्दार कर्मचारी र जनताहरूलाई भने उत्साहित हुन् नेकपाले अपिल गरेको छ ।

    शुक्रबार नेकपा डोल्पाका जिल्ला सेक्रेटरी राजेशले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,- ‘यो कारवाही डोल्पा जिल्लाको समग्र विकास र सुशासनका क्षेत्रमा गलत नियत भएका मानिसहरुलाई सच्याउन जनपक्षीय विकासको पक्ष हो ।’

    सेक्रेटरी राजेशले नेकपाले सञ्चालन गरेकाे जनविरोधी, भ्रष्टचारी, कमिसनखोरी एवं राष्ट्रघातीहरुमाथिको जनकारवाही अभियानलाई सहयोग गर्न पनि सबैमा अपिल गरेका छन् ।

    नेकपाले अधिकृत चौधरीको कार्यालयमै पुगेर उनीमाथि कालोमोसो दलेको हो ।

    चौधरीमाथि कारवाही गर्नुका ५ कारण

    १) शे फाेक्शुन्डाे राष्ट्रिय निकुञ्जभित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी बिक्रि गर्न लगाएर कमिसनमा खाने गरेकोले ।
    २) यार्सागुम्बा संकलनका समयमा निकुञ्जको नियमविपरीत ठेकेदारलाई रसिद बितरण गरी तथा अार्थिक स्पष्टता नगरि गैरकानुनी तवरले ब्यक्तिवाद लागू गरेकाेले ।
    ३)  निकुञ्ज भित्रका टेन्डर सार्वजनिक नगरी अान्तरिक मिलाेमताेमा कमिसन खादै अाएकाेले।
    ४) निकुञ्ज भित्रका विविध तहका कर्मचारी माथि शारीरिक,मानसिक र श्रम शोषण गर्दै अाएकाेले।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...