News Portal

  • काँग्रेस युवा नेता राईको घरमा कसले गरायो बम विस्फोट ? यसो भन्छ प्रहरी

    अनलाइनपर्दा संवाददाताकाठमाडौं ।
    १०४४ पटक
    काठमाडौं ।

    चुनाव सकिए पनि बिभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भने रोकिएका छैनन्

    यसैबीच नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । आइतबार राति अज्ञात समूहले राखेको बम राईको घरमा ठूलो आवाजसहित विस्फोट भएको स्थानीय जानकारी दिएका छन् ।

    विष्फोटका कारण मानवीय क्षति नभए पनि स्थानीय एक जनाको परालको कुन्यूमा आगो लागेको नेता राईका बुबा भोजबहादुर राईले जानकारी दिएका छन् ।

    विष्फोटका कारण लिखु गाउँपालिकाको जनजीवन त्रसित बनेको छ । बिस्फोट कसले र किन गराएको भन्ने बारेमा केहि नखुले पनि घटनाबारे अनुसन्धान भैरहेको ढिकुरे प्रहरी चौकीले  जनाएको छ ।

    इमान्दार मिडियाबाट

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...