चुनाव सकिए पनि बिभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भने रोकिएका छैनन्
यसैबीच नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । आइतबार राति अज्ञात समूहले राखेको बम राईको घरमा ठूलो आवाजसहित विस्फोट भएको स्थानीय जानकारी दिएका छन् ।
विष्फोटका कारण मानवीय क्षति नभए पनि स्थानीय एक जनाको परालको कुन्यूमा आगो लागेको नेता राईका बुबा भोजबहादुर राईले जानकारी दिएका छन् ।
विष्फोटका कारण लिखु गाउँपालिकाको जनजीवन त्रसित बनेको छ । बिस्फोट कसले र किन गराएको भन्ने बारेमा केहि नखुले पनि घटनाबारे अनुसन्धान भैरहेको ढिकुरे प्रहरी चौकीले जनाएको छ ।