News Portal

  • सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

    सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

    इभक्तपुर संवाददाता
    ९९६ पटक

    काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे ।

    नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा बुझाएको कार्य सम्पादन मूल्यांकन कीर्ते भएको ठहर भएपछि उनीमाथि अनुसन्धान भइरहेकाे छ । साेही मुद्दाकाे क्रममा उनी प्रहरीकाे जागिर छाेडेर उनी नेकपा एमालेमा प्रवेश गरी सांसद बनेका थिए । ललितपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित भए लगत्तै प्रहरीले उनीमाथिकाे अनुसन्धान अगाडि बढाएर उनका नाममा पक्राउ पुर्जी जारी गरेकाे थियाे । त्यसपछि उनी फरार रहेका छन् ।

    सिलवाल विदेशमा रहेको भन्ने सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले सोमबार इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गरेकाे जनाएकाे छ । डिफ्युजन नोटिस जारी भएपछि उनलाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्ने अाशा गरिएकाे छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले यसअघि ललितपुर प्रहरीलाई पत्राचार गर्दै अनुसन्धानका लागि सिलवालसँग सोधपुछ गर्नुपर्ने भएकाले उपस्थित गराइदिन पत्राचार गरेको थियो । तर एकसातापछि ललितपुर प्रहरीले फेला नपारेको भन्दै काठमाडौंलाई पत्र पठाएको थियो । । त्यसलगत्तै प्रहरीले खोजीका लागि देशैभरका प्रहरीलाई पत्राचार गरेको थियो ।

    त्यति गर्दा पनि उनी पक्राउ नगरेपछि देशबाहिर भएको भन्ने सूचनाका आधारमा प्रहरीले नोटिस जारी गरेको बताइएको छ । उनले दुई दिनअघि आफू विदेशमा नभएको र नेपालमै भएको दाबी गर्दै भाइबरमार्फत एक अनलाइनलाई अन्तर्वार्ता दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...