News Portal

  • क्रियाशील पत्रकारलाई जीवन बीमा, निःशुल्क शय्याको व्यवस्था लगायतका माग

    इभक्तपुर संवाददाता
    १२९८ पटक

    नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ ।

    नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताए ।

    बाह्र बुँदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत माग गरेको छ ।

    घोषणापत्रमा बढ्दो महँगीलाई ध्यान राखी कम्तीमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम रु ३० हजार तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क शय्याको व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ ।

    यसैगरी घोषणापत्रमा समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन, प्रेस काउन्सिल नेपालले गर्दै आएको पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गर्नुपर्ने, नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक वर्षमै वर्गीकरणमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू नभइन्जेलसम्म लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराई लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरिनुपर्ने उल्लेख गरिएको छ ।

    बैठकले राजधानी काठमाडौँबाट नजिकै रहेको पर्यटकीय क्षेत्र ककनीको पर्यटन विस्तारका लागि विशेष योजना ल्याउन र आमसञ्चारसम्बन्धी आवासीय तालिम केन्द्र निमार्णका लागि पहल गर्न समेतमाग गरेको महासंघका अतरिक्त क्रियाकलाप प्रमुख श्यामराज पाठकले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...