News Portal

  • ट्रकमा ठक्करबाट एक युगल जोडीको अन्त्य

    इभक्तपुर संवाददातासल्यान, १५ माघ
    ८१६ पटक
    सल्यान, १५ माघ

    पश्चिम रुकुमबाट दाङ जाँदै गरेको मोटरसाइकल सल्यान कपुरकोटमा रोकिराखेको ट्रकसँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

    आइतबार साँझ रा ३ प ८५९६ नम्बरको मोटरसाइकल रा १ ख ९३९ नम्बरको मिनि ट्रक संग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    मृत्यु हुनेमा पूर्व रुकुमका अन्दाजी ३२ वर्षीय दिलिप बुढा र उनकी श्रीमती सम्झना बुढा रहेका छन् । सम्झनाको घटना स्थलमै मृत्यु भएको हो भने दिलिपको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल दाङ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । उनीहरुले पश्चिम रुकुमको सदरमुकाम मुसीकोट खलंगामा लामो समय देखि व्यापार गर्दै आएका थिए।

    प्रहरीले मिनिट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सल्यानका डिएसपी भरत बिकले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...