News Portal

  • विद्यालयबाट हाइकिङ्गमा जाँदा ६ दिनदेखि हराइरहेका जोन अोडारमा भेटिए

    इभक्तपुर संवाददाताललितपुर, १७ माघ
    ९२७ पटक
    ललितपुर, १७ माघ

    विद्यालयबाट हाइकिङ्गमा जादा ६ दिनदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ  भेटिएका छन । फूलचोकीको जंगलबाट हराएका तामाङ  बुधबार जंगलको ओडारमा  भेटिएका हुन् ।
    जंगलको ओडारमा एक किशोर भेटिएको भन्ने सूचना पाएपछि प्रहरी र अभिभावक सहितको टोली घटनास्थल पुगेको थियो । तामाङ हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने डेन्जर जोनको एउटा खाल्डोमा बुधबार साँझ लगभग साढे ५ बजेतिर परेका हुन् ।

    थसिखेलस्थित अजय शिक्षा सदन विद्यालयका प्रिन्सिपल दुर्गा बहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङ गर्ने भन्दै  फुलचोकी गएका थिए । फर्कने क्रममा ६ कक्षामा पढ्ने जोन हराएका थिए ।

    दिउँसो साढे ३ देखि जोन तामाङ सम्पर्कविहिन भएको भएपनि विद्यालयका प्रिन्सिपल ओलीले जोनका आफन्तलाई ५ घण्टा पछि खबर गरेपछि अनुसन्धान प्रिन्सिपल पट्टि केन्द्रित भएको थियो ।

    जोन भेटीए संगै उनको परिवार , बिद्यालयका साथै छरछिमेकमा समेत खुशियाली छाएको छ । अहिले उनको बि एण्ड बि अस्पतालमा उपचार भैराखेको सूचना प्राप्त भैएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...