News Portal

  • माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहाल ‘ललित’द्वारा पार्टी परित्याग गर्ने घोषणा

    इभक्तपुर संवाददाताललितपुर, १७ माघ
    १५५७ पटक
    ललितपुर, १७ माघ

    गुटको राजनीतिले आफ्नै राजनीति सक्काएको आलोचना खेपिरहेका माओवादी केन्द्रका ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल ‘ललित’ले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत उक्त घोषणा गरेका हुन् ।

    पार्टीको पोलिटव्युरो सदस्यसमेत रहेका ललितले जनयुद्धमा आफ्नो जीवन संगिनीलाइ गुमाउनु परेको थियो भने उनी आफै पनि बाल बालले बचेका नेता हुन् । गुटको राजनीतिले गर्दा चुनावमा आफ्नै उम्मेद्वारी तिलान्जली दिन पुगेका नेता ललित श्रीमती गङ्गा पराजुलीलाइ रास्ट्रिय सभामा पुर्याइदिने आस्वासन दिएका नेताहरुले धोका दिएपछि निरास बनेका थिए ।

    उनले बुधवार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी छोडने बारे जानकारी गराएको पनि बताइएको छ । यद्यपी नेता ललितले फेसबुकमा अन्तिम निर्णय लिन भने बाँकी रहेको बताएका छन् । उनलाइ बाहिरिनबाट नरोके पार्टीले एक जुझारु नेता गुमाउने निस्चित भएको एक जिल्ला सदस्यले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...