News Portal

  • गर्भवती र सुत्केरीको गलत इस्तेमाल : प्रहरी हैरान

    पर्सा, १८ माघ
    १६५४ पटक
    पर्सा, १८ माघ

     

    नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरूले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो ।

    वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए ।

    उहाँले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोेग गरिरहेको बताए ।

    मकवानपुर जिल्लाको हेटौँडाबाट खरिद गरिएको लागुऔषधलाई सीमा कटाउन कारोबारीले रु दुईहजारदेखि अढाई हजारसम्म महिलालाई दिने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले दाबी गर्नुभयो । उहाँले पक्राउ परेका महिला विगतमा समेत चरेस ओसार्ने कार्यमा लिप्त भएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकारसम्मेलनमा सुईजन्य लागुऔषध नेपाल भित्र्याउने अभियोगमा पक्राउ परेका दुईजना युवालाई समेत सार्वजनिक गरिएको थियो ।

    रक्सौलबाट खरिद गरिएको सुईजन्य लागुऔषध नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रबाट पक्राउ परेका भक्तपुर अनन्तलिंगेश्वर नगरपालिका–१० निवासी रोहण खड्का र हेटौँडा उपमहानगरपालिका–१३ निवासी दीपेन्द्र खत्रीलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागुऔषध मुद्दा चलाउने तयारी भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...