News Portal

  • स्वराजले दिइन् प्रचण्डलाई बधाई

    इभक्तपुर संवाददाताभक्तपुर, १९ माघ
    ९१८ पटक
    भक्तपुर, १९ माघ

    दुईदिने भ्रमणमा नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले शुक्रवार बिहान पूर्वप्रधानमन्त्री तथा माओबादी केन्द्रको अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेकी छन । करीब पौने घण्टा चलेको बार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको प्रचण्ड निकट श्रोतले जानकारी दिएको छ ।

    श्रोत मुताविक प्रचण्डले नेपालको स्थिरता र बिकाशमा हातेमालो गर्न गरेको अनुरोधलाई उत्तर दिदै स्वराजले भारतले नेपालमा हस्तक्षेप नगर्ने बताउदै स्थिरता र बिकाशमा सहयोग गर्न तयार भएको बताएकी थिइन् । स्वराजले बाम गठबन्धन बनाएर जनमत पाएकोमा प्रचण्डलाई बधाई दिदै आगामी सरकारले नेपाली जनताको समृद्धिको सपाना पूरा गर्ने बिश्वास व्यक्त गरेकी छिन ।

    यस अघि हिजै उनले एमाले अध्यक्ष केपी ओली र राजपा नेताहरुलाई भेटेकी थिइन् भने आज अपरान्ह भित्र नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
    स्वराज ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...