News Portal

  • अक्षरा स्कूलमा ७ कक्षाका केल्भिनले बनाएर उडाए ड्रोन

    इभक्तपुर संवाददाताभक्तपुर, २१ माघ
    १४३६ पटक
    भक्तपुर, २१ माघ

    सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए ।

    कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको अक्षरा स्कुलले दाबी गरेको छ । शैक्षिक प्रर्दशनीमा सहभागी विद्यालयका सबै विद्यार्थीले विभिन्न शैक्षिक स्टल राखेका थिए ।

    प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भूगोल, प्रदेश, जलविद्युत्, सडक, कम्प्युटर, मोबाइल र यससँग सम्बन्धित सफ्टवेयरलगायत ६० स्टल राखिएको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले जानकारी दिइन् ।

    विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्ने र कक्षामा सिकेका कुरा व्यवहारमा उतार्न सो प्रदर्शनी आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए । प्रदर्शनी हेर्न काँडाघारी र आसपासका विभिन्न दुई दर्जन विद्यालयका विद्यार्थीका साथै अभिभावक सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...