News Portal

  • एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाँकी’

    इभक्तपुर संवाददातासुर्खेत, २३ माघ
    ७८१ पटक
    सुर्खेत, २३ माघ

    एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोलेऔपचारिकतामा घोषणा नगरिएको बताएका छन ।

    मंगलवार प्रेस सेन्टरको ६ नम्बर प्रदेशद्वारा आयोजित कार्यक्रममा नेता प्रभाकरले वास्तविक एकता भैसकेको र अब एकता घोषणा हुन मात्र बाँकी भएको भनेका हुन् । उनले दुवै पार्टीका नेताहरुको कार्य विभाजन कुरा अड्किएकाले बजारमा अनेक अड्कलबाजी चलिरहेको भन्दै एकता नहोला भनेर र्याल नचुहाउन विपक्षीलाई सुझावसमेत दिए ।

    नेता प्रभाकरले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा अनावश्यक अड्कलबाजी भैरहेको भन्दै एकताको मर्म अनुरुप बार्ता चलिरहेको जिकिर गरे ।
    ”पार्टी एकताको विपक्षमा जाने छुट कसैलाई छैन, छिट्टै एकताको मिति घोषणा हुनेछ” उनले दावी गरे ।

    पत्रकारले सोधेको प्रशनको उत्तर दिदै नेता प्रभाकरले एकता प्रक्रिया आफुहरुको आन्तरिक इच्छा शक्तिको आधारमा अघि बढेको जिकिर गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले यसमा कुनै असर नपार्ने स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...