News Portal

  • १ बर्षमा३१ जना रोल्पाली हराए

    इभक्तपुर संवाददातारोल्पा, २५ माघ
    ६६२ पटक
    रोल्पा, २५ माघ

    जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिए ।

    हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिए ।

    उहाँका अनुसार यसैगरी आव २०७३÷७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए ।

    तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२÷७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए । यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन् ।

    थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा गर्न जंगल गएकी उहाँकी १५ वर्षीया छोरी बाटोबाटै हराइन् । उनी हराएपछि परिवारमा निकै चिन्ता भयो । खोजतलास गरियो, तर उनको पत्ता लागेन, तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि उनले सन्तानको चिन्ताबाट छुटकारा पाएको बताए ।

    यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन् । यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन् ।

    यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ । साथै, प्रहरीलाई यही काममा अल्झिनुपर्ने बाध्यता छ । त्यसैले नागरिकले आफ्नो कर्तव्यबोध गर्दै आफ्नो मान्छे फेला परे प्रहरीलाई जानकारी गराउन सके सही तथ्यांक आउनाका साथै काम गर्नसमेत सहज हुने उनको धारणा छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...