News Portal

  • अपहरणमा परेको चार घण्टाभित्रै बालकको उद्दार : प्रहरीले पक्रियो एक अपहरणकारी

    सिरहा, २७ माघ
    ८३८ पटक
    सिरहा, २७ माघ

    अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

    शनिवार दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिषराय कुर्मीलाई आज साँझ ७ः३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो ।

    बालकलाई अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिए ।

    बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल मुक्त गराउन सफल भएको प्रहरी नायब उपरीक्षक ठकुरीले बताए

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...