News Portal

  • बिहेको अघिल्लो रातदेखि बेपत्ता बालकृष्णको अवस्था अझै अज्ञात

    इभक्तपुर संवाददातानवलपरासी, २९ माघ
    ८८८ पटक
    नवलपरासी, २९ माघ

    नवलपरासीको गौंडाकोट -१४ , बर्दघाट–सुस्ता पूर्व रजहरबाट बेपत्ता बनेका बेहुलाको अझै पत्तो लागेको छैन । बिहेको अघिल्लो रात नै बेहुला हराएपछि बेहुली पट्टि त पीर पर्ने नै भयो, घरका मानिसहरुमा पनि रुवाबासी छाएको छ ।

    बिहेका सबै काम सकीसकेको थियो । आफन्तहरुले घर खचाखच भरिएको थियो । भोलीको बिहे सबै आ-आफ्नै सुरमा थिए । राती संगै कुरा गरेर सुत्न गएका बेहुला बिहेको दिन भने बेपत्ता भए ।

    माघ २३ गते बिहे तय भएका उनी माघ २२ गते राती नै बेपत्ता भएका हुन् ।

    बेहुला २८ बर्षीय बालकृष्ण खरेल बैदेशिक रोजगारीमा थिए । स्पेनबाट बिहे गर्ने सपना सजाएर २ महिना अघि आएका उनको गाउँकै एउटी युवतीसंग बिहे छिनिएको थियो । अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका बालकृष्ण एकाएक मध्यरातमा बेपत्ता बनेपछि परिवारको खुशी खोसिएको छ ।

    गत माघ २२ गते मध्यरात पछि उनलाई कसैले देखेका छैनन् । १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको अवस्था एक साता बितिसक्दा पनि अज्ञात हुँदा पुरै गाँउबासी नै परेशान बनेका छन ।

    बेपत्ता भएका बालकृष्णको कसैसँग रिसराग र झैझगडा समेत नभएको पारिवारिक स्रोत बताउँछ ।

    बेपत्ता बालकृष्णको खोजीका लागि उनका आफन्त, साथीभाई र अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबैलाई अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...