News Portal

  • माओवादी केन्द्रका किराँती ,आहुँती र बिष्टमगर बैद्य र बिप्लवको कार्यक्रममा

    इभक्तपुर संवाददाताकाठमाडौं, १ फागुन
    १००८ पटक
    काठमाडौं, १ फागुन

    आजैका दिन २०५२ साल फागुन १ गते तत्कालीन माओवादीले शुरु गरेको जनयुद्धको स्मरण गर्दै बिबिध कार्यक्रमहरु भएका छन । माओबादी आन्दोलनमा टुटफुट भएसंगै २३ औँ जनयुद्ध दिवश आज छुट्टा छुट्टै मनाइएको छ ।

    प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिबिध सास्कृतिक कार्यक्रम गरेर मनाएको छ भने मोहन मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र बिप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा अन्तरक्रिया गरेर जनयुद्ध दिवस मनाइरहेका छन् । सभागृहमा भएको अन्तरक्रिया कार्यक्रममा एमाले संगको एकताको कुरामा असहमती राख्ने माओवादी केन्द्रका नेता गोपाल किराती र विश्‍वभक्त दुलाल आहुती समेत सहभागी भएका छन् भने अर्का पुर्व नेता लोकेन्द्र बिष्ट मगर पनि पुगेका छन ।

    माओबादी केन्द्र एमालेकरण भएको भन्दै असन्तुष्ट नेताहरु आज बैद्य र बिप्लव खोज्दै पुगेका हुन् । नेताहरुले अब क्रान्तिकारीहरु मिलेर बैज्ञानिक समाजबादी क्रान्ति गर्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...