News Portal

  • नेपाली सेना दिवस सम्पन्न : यसकारण आए भारतीय सेनापति

    इभक्तपुर संवाददाताकाठमाडौँ, १ फागुन
    १२०२ पटक
    काठमाडौँ, १ फागुन

    हरेक शिवरात्रीलाई सेना दिवसको रुपमा मनाउदै आएको नेपाली सेनाले आज आफ्नो दिवस भब्य रुपमा सम्पन्न गरेको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बिशेष कार्यक्रमबीच बढाइँ तथा सैनिक कला प्रदर्शनीगर्दै भब्य रुपमा सेना दिवस सम्पन्न गरेको हो ।

    नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा सरिक भएकी थिइन ।

    उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, मन्त्रीहरु, प्रधानसेनापति राजेन्द्र क्षत्री, सरकारका उच्च पदाधिकारी, उच्च सैनिक अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

    पृथ्वी नारायण शाहले नेपाल एकीकरणको गरेको २५० वर्षगाँठका सन्दर्भ भएको भन्दै सेनाले यस वर्षको सेना दिवसको समारोहमा विशेष अतिथिका रुपमा भारतीय सेनाध्यक्षलाई आमन्त्रण गरेको थियो ।

    भारतीय सेनाध्यक्ष विपीन रावत विशेष अतिथिका रुपमा सहभागीसमेत भएर बढाइँ तथा सैनिक कला प्रदर्शनीको अवलोकन गरेका छन । उनी नेपाली सेनाको मानार्थ महारथीसमेत हुन् ।

    सैनिक मञ्चमा बिबिध सैन्य प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायतका कार्यक्रम गरिएको थियो ।उक्त अवसरमा नेपालको नेपाली सैनिक ब्याण्डका अलावा , भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले समेत आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए ।

    सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । अहिले नेपाली सेनाको सैन्य जनशक्ति झण्डै १ लाखको हाराहारीमा छ । देशको रक्षाका अलावा बिकाश निर्माण र आपत विपदमा काम गर्दै आएको नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा बिगत ६० बर्षदेखी सेवा पुर्याउदै आएकोले विश्वभर ख्याती कमाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...