News Portal

  • मध्यरातमा ओली माथि मोदीको आँखा : फोनले नपुगेर पठाए दूत

    इभक्तपुर संवाददाताभक्तपुर, ४ फागुन
    १०५४ पटक
    भक्तपुर, ४ फागुन

    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतीय निगरानी बढेको छ । उनलाई राती १० : ३० बजे टेलिफोनबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएकाे बताइएको छ ।

    तर, बधाई र शुभकामनाका अलावा मोदीबाट अरु कुरा पनि आएको स्रोतको दावी छ । भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका केहि घण्टापछि दूत पठाएका छन । मोदीको रातीको फोनपछि भारतीय राजदुत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोट पुगेका हुन् ।

    राजदूत पुरी भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न आएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । उनले राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको पनि जिकिर गरेका छन ।

    बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन् । भर्खरै नेपाल भ्रमण गरेर गएकी स्वराज ओलीको निम्तामा आएको कुराले बजार तात्तिएको थियो । नाकाबन्दी ताकाको ओली राष्ट्रबाद स्वरोज आगमन संगै पातालमा पुगेको भन्दै आलोचना भएको थियो । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘ यसो यसो काँग्रेसले गर्या भए कसो कसो पो भनिसक्नु हुन्थ्यो होला है ओली ज्यु’ भन्दै व्यंग्यसमेत कसेका थिए ।

    भारत- ओली सामिप्यातालाई कतिपयले अनिवार्य आवश्यकता भनेका छन् भने कतिपय यस सम्बन्धले हस्तक्षेप निम्त्याउन सक्ने भन्दै ससंकित बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...