नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुने बाटो खोलेका छन । उनले नेपाली काँग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने बाटो खोलेका भने होइनन ।
प्रचण्ड पार्टीको संसदीय दलको नेतामा चयन भएर धानमन्त्री हुने बाटो खोलेका हुन् ।
माओवादी केन्द्र संसदीय दलको आइतबार बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी गराएकी छन ।
संसदीय दलको आइतबार बसेको बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णयसमेत बताइएको छ ।