News Portal

  • पार्टी एकताको उधारो सहमति : सरकार बिस्तारको बाटो खुल्यो

    इभक्तपुर संवाददाताभक्तपुर, ८ फागुन
    ८५७ पटक
    भक्तपुर, ८ फागुन

    पार्टी एकता गर्ने प्रतिबद्धतासहित असोज १७ गते बाम गठबन्धन गर्दै निर्वाचनमा गएका दुइ कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको औपचारिक सहमति भएको छ । सोमवार राती अबेरसम्म बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले औपचारिक सहमति गरेको हो ।

    दुवै दलका शिर्ष नेताहरुले एकताको औपचारिक सहमति पत्रमा हस्ताक्षर गरेपछि एकता हुदैन की भन्ने आशंका टरेको छ । एकताको औपचारिक सहमति पत्रमा ७ बुदामा सहमती भएका छन ।

    सहमती पत्रमा नेकपा एमालेको तर्फा बाट अध्यक्ष केपी ओली , बरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल , बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गरेका छन भने माओबादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ प्रकाश र राम बहादुर थापा बादलको हस्ताक्षर छ । नेताहरुले कम्युनिष्ट फुट्न मात्र जान्दछन भन्नेलाई आफुहरुले जुटेर देखाइदिएको भन्दै एतिहासिक ब्रेक थ्रु भएको भनेका छन ।

    यस्ता छन् सहमतिका ७ बुँदा

    १. पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।

    २. मार्गनिर्देश सिद्धान्त मार्क्सवाद –लेनिनवादलाई बनाउने ।

    ३.जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादलाई छलफलमा लैजाने ।

    ४. दल दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् ।

    ५. केपी ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने ।

    ६. नयाँ विधान बनाएर एकीकृत पार्टी संचालन गर्ने ।

    ७. अागामी महाधिवेशन एकताको महाधिवेशनको रुपमा भव्य रुपमा सम्पन्‍न गर्ने ।

     

    एमाले र माओवादीबीच सहमति भएका ७ बुँदे आधारपत्रमा पद बाँडफाँडका विषयमा केहि उल्लेख गरिएको छैन । यद्यपी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तामा महाधिवेशनसम्म दुबै जना अध्यक्षको भूमिकामा रहने र ओली प्रधानमन्त्री रहने भद्र सहमति भएको बताइएको छ ।

    सहमती भएको यी सातै वटा बुदामा ठोस सहमती भने केहि देखिदैन । धेरै कुरा पछिका दिनलाई छोडेर बर्तमानमा पार्टी एकीकरणलाई नै प्रमुख मुद्दा बनाइएको देखिन्छ ।

     

    सरकार बनाउन बाटो खोल्ने बाहेक ठोसमा कुरा केहि नभएको भन्दै कार्यकर्ता तहमा असन्तुष्टि देखिएको छ । यस्ले भोलीको दिनमा संगठन भद्रगोल हुने उनीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

    शिर्ष नेताहरुले भने भोलीको दिनमा संगठन झन मजबुद भएर जाने दाबी गरेका छन् ।

    प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदलसमेत गठन गरेको छ ।

    संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउने छ ।

    पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।उक्त कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको तय गर्नेछ । बैठक स्रोतका अनुसार दुबै कार्यदलले पाएको कार्यादेशअनुसार चाँडो प्रतिवेदन तयार पारेर नेतृत्वलाई बुझाउनु पर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...