News Portal

  • जानेबेलामा राष्ट्रपति भण्डारीमाथि यस्तो आरोप

    इभक्तपुर संवाददाताभक्तपुर, ९ फागुन
    ८३४ पटक
    भक्तपुर, ९ फागुन

    देउवा सरकारको निर्णय आलटाल गरेकी राष्ट्रपति बिद्या देवी भण्डारीले केपी ओली सरकारको सोही निर्णय एकैदिनमा कार्वान्यन गरेको भन्दै आलोचित बनेकी छन ।

    मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका सिफारिस गर्यो र त्यसलाई सोही दिन राष्ट्रपति ले मनोनयन गरेपछि पक्षपातको आरोप लागेको हो ।

    शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइनन् तर ओली सरकारको निर्णय निर्णय एकै घन्टामै अनुमोदन गरिन ।

    ओली सरकारले पूर्व गभर्नर तथा एमालेका अर्थ सल्लाहकार युवराज खतिवडा , माओबादी केन्द्रका नेता तथा बरिष्ठ अधिबक्ता रामनारायण बिडारी र विमला पौडेल लाई राष्टिय सभा सदस्यमा गरेको मनोनयन राष्ट्रपतिले अनुमोदन गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले अनुमोदनका लागि आफ्नो पीए रहेकी विमलाको नाम पार्न लगाएको चर्चा छ । एमालेबाट खतिवडा , माओबादी केन्द्रबाट बिडारी र राष्ट्रपति भण्डारीको कोटाबाट विमलाको नाममा कुरा मिलेपछि मात्र देउवा सरकारको निर्णय सजिलै उल्टेको स्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...