News Portal

  • एकताको कुराले मकवानपुरका बाम बिद्यार्थीहरु उत्साहित : ७ बुँदेको स्वागतमा दीप प्रज्वलन

    इभक्तपुर संवाददाताहेटौडा, १० फागुन
    ७२९ पटक
    हेटौडा, १० फागुन

    नेकपा एमाले र माओबादी केन्द्रको एकताको कुराले मकवानपुरका बाम बिद्यार्थीहरु उत्साहित भएका छन । बुधवार बिद्यार्थीहरुले एकता गर्ने ७ बुँदे निर्णयको स्वागत कार्यक्रम सम्पन्न गरेका छन ।

    मकवानपुर बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्तरूपमा एकता गर्ने ७ बुँदे निर्णयको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।

    सयौको संख्यामा रहेका बिद्यार्थीहरुले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित चित्र बनाइ त्यसको वरिपरी दिप प्रज्वलन गरे । कार्यक्रमका अतिथि हेटौडा उपमहानरपालिका – १२ का वडाध्यक्ष ललित घलानले बिद्यार्थीहरुको साथले पार्टी एकता अगाडी बढेको बताएका थिए । उनले सबै बाम एक ठाम आउनुको बिकल्प नभएको भन्दै कम्युनिष्टहरु एक जुट भएर अगाडी बढ्नुपर्ने बताए ।

    उक्त कार्यक्रमको संचालन अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिका क्याम्पस संयोजक रामकृष्ण सिवाकोटीले गरेका थिए भने समापन अनेरास्ववियुका क्याम्पस अध्यक्ष एमबी बस्नेतले गरे ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...