News Portal

  • माओबादी केन्द्रले लगायो आफ्ना ७ मन्त्रीको टुंगो

    संजीप शुभचिन्तकभक्तपुर, ११ फागुन
    १२९७ पटक
    भक्तपुर, ११ फागुन

    नेकपा माओबादी केन्द्रले केपी ओली नेतृत्वको बाम सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुबारे टुंगो लगाएको छ । मन्त्री छान्ने जिम्मेवारी पाएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ प्रकाश र राम बहादुर थापा बादलले एकमतले सात मन्त्री छानेका छन् ।

    यसपटक पूर्व रक्षा मन्त्री समेत रहेका नेता राम बहादुर थापा बादलको नेतृत्वमा माओबादी केन्द्र सरकारमा सहभागी हुने भएको छ । बादलले उपप्रधानसहित एक मन्त्रालय लिएर नेतृत्व गर्नेछन् ।

    बादलको नेतृत्वमा बर्षमान पुन अनन्त , गिरिराजमणि पोखरेल , शक्तिबहादुर बस्नेत, मात्रिका यादव , बिना मगर र अमनलाल मोदी मन्त्री बन्ने पक्का भएको माओबादी केन्द्रको उच्च श्रोतले बताएको छ ।

    मन्त्रालयको बिषयमा भने टुंगो नलागिसकेको बताइएको छ । आकांक्षीहरुले आफ्नो अडान नछोड्दा मन्त्रालय कुन कसको भागमा पर्ने भन्ने टुंगो नभएको हो । इभक्तपुरलाइ प्राप्त जानकारी अनुसार बादलले उपप्रधानसहित उर्जा , अनन्तले गृह , पोखरेलले कृषि सहकारी तथा भुमि ब्यबस्थापन पाउने प्रवल सम्भावना छ ।
    त्यसैगरी यादवलाई उद्योग बाणिज्य र आपुर्ती , बस्नेतलाई सहरी बिकाश आवास र खानेपानी , मोदीले बन तथा भू संरक्षण , र बिना मगरले श्रम रोजगार तथा महिला बालबालिका मन्त्रालय पाउने बताइएको छ ।
    आइतवार नै माओबादी केन्द्रका यी सात मन्त्रीहरुसहित मन्त्री परिषद बिस्तार हुने श्रोतको दावी छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...