News Portal

  • संजयको नेतृत्वमा सर्लाही वाईसीएलमा ६१ सदस्यीय समिति सर्वसम्मत चयन

    प्रेमनाथ पाैडेलसर्लाही, १२ फागुन
    १०१३ पटक
    सर्लाही, १२ फागुन

    नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल सर्लाहीको अध्यक्ष मा संजय पाचेमगर चयन भएका छ्न् ।
    शनिवार पूर्व शान्ती मन्त्री बिश्वनाथ साहको प्रमुख आतिथ्यता मा जिल्ला को ब्यापारिक नगर बरहथवाको उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न पाचौ जिल्ला सम्मेलनबाट मगर सर्वसम्मत निर्वाचित भएका हुन् ।
    संजय पाचेमगरको अध्यक्षतामा ६१ सद्स्यीय नयाँ नेतृत्व चयन गरिएको वाईसिएल सर्लाहीले जनाएको छ ।
    सम्मेलनबाट उपाध्यक्षमा शुशिल नेउपाने र रामप्रबेश राय, सचिवमा गजेन्द्र महतो ,सह सचिवमा लिला कुमारी मोक्तान र कोषाध्यक्षमा दिपक लामा निर्वाचित भएका छन् ।
    सम्मेलनलाई सम्बोधन गर्दै पुर्ब मन्त्री साहले युवा भनेकापरिबर्तनको सम्बाहक रहेको बताउदै राज्यको बर्तमान परिबर्तन लाई सस्थागत गदै देश निर्माण कार्यमा एकजुट भएर लाग्न युवाहरुलाई आह्वान गरेका थिए ।
    कार्यक्रम मा माओबादी केन्द्रका नेता अच्चुतम काफ्ले , विश्वजीत डिसि ,रामपृत यादब ,अर्जुन पन्त ,वाईसिएल का केन्द्रिय महासचिब तथा दुई नम्बर प्रदेश संयोजक लगायतले आ आफ्नो धारणा राख्दै नवनिर्बाचित पदाधिकारी लाई बधाई तथा सफल कार्यकालको लागि समेत शुभकामना दिएको केन्द्रिय सदस्य सन्देश श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...