News Portal

  • गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

    उदयपुर, १६ फागुन
    ८०६ पटक
    उदयपुर, १६ फागुन

    अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् ।

    सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन ।

    त्रियुगा नगरपालिका ९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

    तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुपर्यो । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८(प्रदेश १) मा समाचार छ ।

    समाचारमा लेखिएको छ, डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए ।

    अपरेसन गर्नुपर्ने बेला डाक्टर किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए । यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...