पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेको ज्ञवालीले बताए ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हुँदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उनको भनाइ छ । जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ ।