News Portal

  • महिलाको शरिरमाथि पुरुषको अधीन हुनु हुदैन

    इभक्तपुर संवाददाताकाठमाडौँ, २३ फागुन
    १११७ पटक
    काठमाडौँ, २३ फागुन

    कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । बुधवार राजधानीमा १०८ औं महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चले महिलाको आफ्नो शरिर अर्काको अधिनमा हुनु नहुने जिकिर गरेको हो ।

    ‘प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक मौलिक अधिकार’ भन्ने मुख्य उद्देश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले मबाट महिलावादको अवधारणालाई प्रस्ट्याएका थिए । उनले महिलाको अधिकारलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने नेपालको ऐन तथा कानुनमा स्पष्ट तोकेको तर अझैपनि नेपालमा प्रजनन् स्वास्थ्यका विषयमा महिला तथा पुरुष विचमा विभेद रहेकोमा दुःख व्यक्त गरे ।
    निर्देशक श्रेष्ठले श्रीमान श्रीमति विचमा पनि महिलाको इच्छा विपरित श्रीमानले यौन तथा अन्य कार्यहरु गर्छन भने त्यो वलात्कार हुने बताए ।
    कार्यक्रममा नेपाल ल क्याम्पसमा अध्यनरत कानुनका विद्यार्थीले पनि इच्छा विपरित कुनैपनि कार्य गर्नु र गराउनु कानुन विपरित हुने बताएका छन् । प्रजनन् स्वास्थ्य आत्मनिर्णयको अधिकार अनुसार प्रजनन् स्वास्थ्य आत्मनिर्णयको अधिकारले आफ्नो शरीरको पूर्ण अधिकार, मानविय मर्यादा सहित गोपनियताको अधिकार, आफ्नो सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्ने अधिकार, महिलाको यौन र प्रजनन् चक्रलाई प्रभाव पार्ने सवै किसिमका हिसां र जबरजस्ती विरुद्धको अधिकार लगायतका विषयहरुलाई जनाउने बताए ।

    उक्त अवसरमा बक्ताहरुले प्रजनन् स्वास्थ्य अधिकार नेपालको संविधानद्वारा स्थापित मौलिक हक हुनुका साथै सर्वोच्च अदालतको फैसलाहरुद्वारा विकसित मान्यता र विधिशास्त्रको माग भएको जिकिर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...