अखिल क्रान्तिकारीका नेता रामकृष्ण सिवाकोटी मकवानपुर बहुमुखी क्याम्पसको इकाई कमिटिका अध्यक्ष चुनिएका छन । सोमवार बसेको इकाई कमिटि भेलाले सिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो ।
अखिल क्रान्तिकारीको संयोजकको रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको हक हितका लागि आवाज उठाइरहने नेता सिवाकोटीले बिद्यार्थी आन्दोलनको अगुवाई समेत गर्दै आएका छन ।
बीबीएस दोस्रो बर्षमा अध्ययनरत सिवाकोटी अखिल क्रान्तिकारीको मकवानपुर बहुमुखी क्याम्पस अध्यक्षमा निर्बिरोध चयन भएका नम्रता रिमालले जानकारी गराइन ।
सर्लाही घर भएका सिवाकोटी मकवानपुरे बिद्यार्थी राजनीतिमा सक्रिय नाम हो । उनी मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक आन्दोलनको अलावा अन्य सामाजिक तथा राजनीतिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका छन ।
अखिल क्रान्तिकारीको मकवानपुर बहुमुखी क्याम्पसमा सिवाकोटीको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति बनाइएको बताइएको छ । जसको वरिष्ठ उपाध्यक्षमा छोइसन लामा उपाध्यक्षमा बुद्धराज अर्याल सचिबमा बाबुलाल बराईली सहसचिवमा रुपेश शाह र रमन कार्की त्यसैगरी कोषाध्यक्षमा आशिक प्रसाद मिश्र रहेको एक बिद्यार्थी नेताले बताए ।
सदस्यहरुमा सफल बर्तौला, सुजाता गोले,रिम्की माया मोक्तान ,दुर्गा राज भ्लोन ,सागर श्रेष्ठ ,उर्मिला धिताल,पासाङ थिङ,अन्जन थापा र दिपु क्षेत्री रहेका छन । भेला प्रदेश सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।