News Portal

  • १२ साथी गुमाएका बिद्यार्थीले श्रद्धान्जली दिंदै ढाकामा भने -सोमबार कालो दिन,बाचुन्जेल बिर्सनेछैनौं

    इभक्तपुर संवाददाताढाका, २९ फागुन
    १४६३ पटक
    ढाका, २९ फागुन

    सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १२ मेडिकल विद्यार्थीसहित सबै मृतकप्रति ढाकामा श्रद्धान्जली अर्पण गरिएको छ । बिस्वब्यापी नेपाली बिद्यार्थी संगठनले ढाकामा मृतकहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धान्जली अर्पण गरेको हो ।

    ढाकाको शिक्षक बिद्यार्थी आयोग अगाडि बिद्यार्थीहरुले श्रद्धान्जली सभा गरेको ढाकामा एमबीबीएस अध्यनरत शिक्षाका लागि संगसंगै अभियानका अभियन्ता समेत रहेका नविन यादवले इभक्तपुरलाइ जानकारी गराए ।

    बिद्यार्थीहरुले मृत्यु सास्वत भएको तर यो असहज मृत्युबाट सम्हालिन गाह्रो भएको भनेका छन । उनीहरुले हिजोको दिन बंगलादेशका बिद्यार्थीहरुको लागि कालो र अध्यारो दिन भएको भन्दै आफ्ना साथीहरु र अन्य मृतकको याद सदैव रहिरहने बताएका छन ।

    युएस बाङ्ला एयरलाइन्सको विमान अवतरणका क्रममा सोमबार दुर्घटना हुँदा ५१ को मृत्यु भएको थियो । जसमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्किरहेका १२ जना पनि थिए। बंगलादेशको राजधानी ढाकाबाट उडेको विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए।

    घाइते २१ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बंगलादेशमा एमबिबिएस अध्ययन गरेर फर्केका २ विद्यार्थी पनि छन्। उनीहरुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। ढाकामा बिद्यार्थीहरुले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

    ढाकामा त्यहाका मिडियाहरुले  बिद्यार्थीहरुलाई बिमान दुर्घटना भए देखि नै पछ्याइरहेको छ । आजको श्रद्धान्जली सभा लाई मिडियाहरुले प्राथमिकताका साथ् प्रशारण गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...