News Portal

  • बिमान दुर्घटनाबारे बंगलादेशमा यस्तो आरोप

    इभक्तपुर संवाददाताकाठमाडौं, ३० फागुन
    ७१२ पटक
    काठमाडौं, ३० फागुन

    सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ ।

    बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन् ।

    कन्ट्रोल रुमको गलत निर्देशनका कारण जहाज दुर्घटनाग्रस्त भएको भन्दै उनले भने – ‘हाम्रो जहाजमा कुनै प्राविधिक खराबी थिएन । तर काठमाडौं टावरले गलत सिग्नल दिएपछि दुर्घटना भएको हो, चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा पाएनन्, जसका कारण अकल्पनीय दुर्घटना भयो ।’

    एयरलाइन्सका अनुसार, दुर्घटनाग्रस्त बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाज क्याप्टेन अबिद सुल्तानले उडाएका थिए । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्छन् ।

    कोपाइलट पृथुला रसिद भने पहिलोपटक उडान गरेर नेपाल आउँदै थिइन्। तर, उनले काठमाडौँ टेक्न नपाउँदै भयानक दुर्घटना भयो । उनीहरु दुबै जनाको दुर्घटनामा ज्यान गएको छ ।

    यसैबीच दुर्घट्नामा परी मर्नेको संख्या ५२ पुगेको छ । गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

    सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप तीन जनाको मृत्यु भएपछि मर्नेको संख्या ५२ पुगेको हो। हालै न्यूरो अस्पताल बाँसबारीमा उपचाररत दिनेश हुमागाइँको मृत्यु भएसँगै मर्नेको संख्या ५२ पुगेको प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...