News Portal

  • प्रतिपक्ष असन्तुष्ट भैरहदा सपथ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले गरिन् यस्तो अठोट

    इभक्तपुर संवाददाताकाठमाडौ, ३० फागुन
    ७७६ पटक
    काठमाडौ, ३० फागुन

    नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताएकी छिन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आज पदभार ग्रहण गर्ने क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गरिन् ।

    विश्वका सबै राष्ट्रसँग आपसी सद्भाव, पारस्परिक लाभ र सम्मानका आधारमा घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने नेपालको परराष्ट्र नीतिको मूलभूत लक्ष्यअनुरुप सम्बद्ध सबै पक्षबाट प्राप्त सहयोगको पनि उनले सराहना गररिन् ।

    राष्ट्रपति भण्डारीले २८ महिनाभन्दा बढी अवधिको पहिलो कार्यकालमा आमजनताबाट प्राप्त अगाध स्नेह तथा कार्य सम्पादनमा सरकार, राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, स्वदेश तथा विदेशमा बस्ने नेपाली समुदाय र आम सञ्चारजगत्बाट प्राप्त स्वतःस्फूर्त सहयोग र सद्भावका लागि धन्यवाद दिइन् ।

    राष्ट्रपति भण्डारीले आजै राष्ट्रपतिका रुपमा प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयतको शपथ लिएकी थिइन्

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...