News Portal

  • नेपाली टोलीले दिलायो एकदिवसीय मान्यताको खुशी : थाहाँ पाउनुस यस सम्बन्धी भ्रम र यथार्थ

    भक्तपुर, १ चैत
    ८२४ पटक
    भक्तपुर, १ चैत

    नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने निश्चित भएको छ। आईसीसी बिश्व कप छनौटको प्ले-अफमा पपुवा न्यु गिनीलाई पराजित गरेको नेपाललाई मान्यता प्राप्त गर्न आजकै अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्थ्यो। नेपालले चाहेको जस्तै भयो र नेदरल्याण्डसंग हंगकंग पराजित हुँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो।

    नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै १७४ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा हंगकंगले १३० रनमै सम्पूर्ण विकेट गुमाएसंगै नेपाल एकदिवसीय राष्ट्र हुने निश्चित भएको हो।

    यस अघि सन् २०१४ को टि-२० बिश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। एकदिवसीय राष्ट्रको मान्यता पाएको यो पहिलो पटक हो। सन् १९९६ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल गरेको हो।

    २०१५ देखि १७ सम्म भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल सातौँ स्थानमा रहेपछि डिभिजन-२ मा घटुवा भएको थियो। फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा नेपाल बिश्वकप छनौट खेल्न छानिएको थियो।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगिताको उत्कृस्ट ३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो। जिम्बाबेमा जारि प्रतियोगिताको सुपर सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो। बाँकि एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धा थियो। नेदरल्याण्डलाई यसअघिनै बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा आईसीसीले एकदिवसीय राष्ट्रको मान्यता प्रदान गरिसकेको छ।

    प्लेअफमा नेदरल्याण्डसंग हंगकंग पराजित भएपछि नेदरल्याण्ड र नेपालले अब सातौँ र आठौ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्। सातौँ स्थानको लागि मार्च १७ तारिकमा हुने खेल अगावै नेपाल एकदिवसीय राष्ट्र हुने पक्का भएको छ। हारसंगै हंगकंग र पपुवा न्यु गिनी डिभिजन-२ मा घटुवा हुने निश्चित भएको छ जो नवौं र दशौं स्थानको लागि खेल्नेछन्।

    बिश्वकप छनौट प्रतियोगितामा नेपालले समुह चरणमा जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसंग पराजय बेहोरेपछि सुपर सिक्स चरण पुग्न असफल भएको थियो तर अन्तिम खेलमा हंगकंगलाई पराजित गरेपछि समुह ‘बि’ को चौथो स्थान हाँसिल गरेको थियो।

    एकदिवसीय मान्यता पाए के हुन्छ ?

    १. एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

    २. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

    ३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ। नेपाली खेलाडीहरु बिश्व क्रिकेटका ठुला क्रिकेटरहरुसंगै प्रदर्शन राम्रो गरे वरियतामा सामेल हुन पाउनेछन्।

    ४. बिश्व क्रिकेटका ठुला राष्ट्रहरुले नेपाललाई हेर्ने नजर परिवर्तन हुनेछ। ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग बढ्ने सम्भावना समेत यसले बढाउनेछ।

    भ्रम

    एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ। उदाहरणको लागि नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो त्यो पनि हंगकंग र नेदरल्याण्डसंग। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंग खेल्ने वातावरण बन्न मुस्किल नै हुनेछ। विकेट नेपालबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...