News Portal

  • संयुक्त एम्बुलेन्स चालक संंघ सर्लाहीमा देवराज लामाको अध्यक्षतामा १५ सदस्यीय नया नेतृत्व चयन

    प्रेमनाथपौडेल सर्लाही , २ चैत
    ८६८ पटक
    सर्लाही , २ चैत

    ‘देशभरीका एम्वुलेन्स चालक एक होऔं’ भन्ने नाराका साथ संयुक्त एम्बुलेन्स चालक संंघ सर्लाहीको दोश्रो जिल्ला अधिवेशन बुधबार बागमतीमा सम्पन्न भएको छ ।अधिवेशनको बन्द सत्र बाट संघको दोस्रो कार्यकाल का लागी अध्यक्षमा देवराज लामाको अध्यक्षता मा १५ सदस्यीय नया नेतृत्व चयन गरिएको छ।
    निर्वाचित भएका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा रामबाबु मण्डल, उपाध्यक्षमा प्रेम कुमार कार्की, सचिवमा प्रेम बहादुर थिङ, सहसचिवमा मणिलाल योन्जन, कोषाध्यक्षमा किशोर राय र सदस्यहरुमा नवराज घिमिरे, सन्तोष महतो, रामकेवल महतो, सानु थिङ, अरुण यादव, नवराज कुशवाहा, नागेन्द्र ठाकुर, रहेका छन ।

    त्यस्तै वरिष्ठ सल्लाहकारमा ढुंडीराज मैनाली नवराज चयन हुनु भएको छ । संघका निवर्तमान जिल्ला अध्यक्ष ढुंडीराज मैनाली नवराजको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका १ स्थित सिता पार्टी प्यालेस होटलमा अधिवेशन को उदघाटन सत्र मा संघका केन्द्रीय महासचिव मुक्ती काफ्लेले संचालन गरेका थिए । कार्यक्रममा केन्द्रीय अध्यक्ष नवराज लामिछाने, वरिष्ठ उपाध्यक्ष नवराज मैनाली, उपाध्यक्ष ठाकुर सापकोटा, सहसचिव यदुनाथ भण्डारी, सवाजसेवी चुडामणि वाग्ले, सुरेन्द्र लामा, ईन्द्र पाठक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले एम्वुलेन्स चालकले नै विरामीको भविष्य निर्धारण गर्ने भएकोले एम्बुलेन्स चालकहरु अत्यन्तै संवेदनशील बन्नु पर्ने बताएका छन् । एम्बुलेन्स चालकले पेशासँगसँगै समाज सेवा गरेको भन्दै राज्यले उनीहरुको प्रोत्साहनका लागि विभिन्न खाले कार्यक्रमहरु ल्याउनु पर्ने बक्ताहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...