News Portal

  • आफ्नै विद्यालयको १७ बर्षिया छात्रामाथि जाइजाग्ने प्याब्सनका अध्यक्ष पक्राउ

    इभक्तपुर संवाददाता  ललितपुर, ३ चैत
    १०१० पटक
      ललितपुर, ३ चैत

    ललितपुरमा छात्रा माथि दुर्व्यवहार गर्ने एक प्रधानाध्यापक पक्राउ परेका छन । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका हुन् ।

    गोदावरीमा सोही स्कुलको छात्रावासमा एसईईको तयारीमा रहेकी एक छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप लागेको छ । उनलाई शुक्रवार राती नै महनगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रमा लिएर राखेको छ ।
    १७ बर्षकी एक छात्रालाई दुर्व्यवहार गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । छात्रामाथि दुर्व्यवहारबारे पुष्टि गरेपनि कस्तो खाले दुर्व्यवहार भन्ने प्रहरीले खुलाएको छैन । श्रोतका अनुसार कार्कीले यौन दुर्ब्यवार गरेको छात्राले परिवारलाई बताएपछि उनका अभिभावक प्रहरी समक्ष उजुरी लिएर पुगेका थिए ।

    पक्राउ परेका कार्कीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ । उनी निजी विद्यालयहरुको संगठन प्याब्सनका ललितपुर जिल्ला अध्यक्ष पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...