News Portal

  • १६ हजार बेरोजगारलाई स्वरोजगार गराउने ग्यारेन्टी सहित निशुल्क तालिम संचालन गरिदै

    इभक्तपुर संवाददाताकाठमाडौँ, चैत ४ गते
    २१४३ पटक
    tekकाठमाडौँ, चैत ४ गते

    सरकारले १६ हजार बेरोजगार युवालाई स्वरोजगार गराउने भएको छ । उनीहरुलाई स्वरोजगार बनाउने उदेश्यसहित सरकारले सीपमूलक तालिम दिने भएको हो ।

    शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको परियोजना व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) दोश्रोले बेरोजगार युवाहरुलाई स्वरोजगारको अवसर ल्याएको हो । परियोजना प्रमुख टेक नारायण पाण्डेले आज एक कार्यक्रमकाबीच १६ हजार बेरोजगारलाई स्वरोजगार बनाउने ग्यारेन्टी सहित शीपमूलक तालीम दिन लागिएको जानकारी गराए । ” काठमाडौं उपत्यकाभित्र ४ हजार र उपत्यका बाहिर १२ हजार गरि जम्मा १६ हजार बेरोजगार युवालाई स्वरोजगार तालिम प्रदान गर्दैछौ ।” उनले भने ।

    परियोजना प्रमुख पाण्डेले गरिब, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो प्राथमिकता दिएर सीपमूलक तालीम दिन थालिएको बताएका छन ।

    उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता बिबिध बिषयमा तालीम छनौट गर्ने अवसर दिइएको छ ।

    इभेन्ट परियोजना(दोश्रो)का प्रमुख पाण्डेले काठमाडौं उपत्यकामा धेरै इच्चुकहरु मध्ये अन्तर्वार्ताबाट तालीम लिन आवस्यक देखिएका ४ हजार आवेदकहरु छनौट गरिसकिएको जानकारी गराउदै सोमबारदेखि तालिम प्रदायक सस्थाको मेला आयोजना गरि तालिमकर्ताले नै सस्था छान्ने सुबिधा मिलाइएको बताए ।
    ”हामीले भौचर उपलब्ध गराएपछि उनीहरुले छानेका सस्थाले निशुल्क तालिम दिने मात्र होइन , रोजगारीको पनि ग्यारेन्टी गर्छन ।” उनले दावी गरे ।

    उपत्यका बाहिर १२ हजार लाई रोजगारमूलक तालिम भने संचालन भैसकेको छ ।
    इभेन्टले विश्व बैंकसँगको सहकार्यमा ५ वर्षभित्र देशका १ लाख १५ हजार युवालाई तालीम दिने छ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गदैआएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ । इभेन्टको पहिलो चरणको कार्यक्रम उपलब्धिमुलक भएको निष्कर्ष सहित यो कार्यक्रम दोश्रो चरणमा लागू भएको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...