News Portal

  • एउटा क्रुर आमा जसले जिउदै जलाएर मारिन् आफ्ना २ नाबालक छोराछोरी

    इभक्तपुर संवाददातारामेछाप, ५ चैत
    ११५२ पटक
    रामेछाप, ५ चैत

    खाँडादेवी गाउँपालिका- ६ माकादुममा एउटा दर्दनाक घटना बाहिर भएको छ । एक आमाले आफ्नै नाबालक २ छोराछोरीको निर्दयतापूर्वक हत्या गरेकी छन ।

    २५ बर्षिया तारा केसीले आफ्ना २ नाबालक छोराछोरीको हत्या गरेकी हुन् । मट्टीतेल छर्किएर आफ्नै नाबालक छोराछोरीलाई आगो लगाइ हत्या गरेपछि आमा शब्दकै अपमान भएको छ । उनले बाँसको झुपडी भित्र छोराछोरीलाई राखी आगो सल्काएकॆ थिइन् ।
    घटना आइतवार राती अन्दाजी ११ बजेको समयमा भएको प्रहरीले जानकारी गराएको छ ।
    श्रीमानले कान्छी श्रीमती ल्याएर आफूलाई बेवास्ता गरेको रीसको आवेसमा उनले आफ्नै छोराछोरीको क्रुर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    घटनाबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनाएको छ ।

    सच्याइएको : छोराछोरी हुनुपर्नेमा छोरा मात्र भएकोले सच्याइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...