News Portal

  • बिबादपछि खानेपानी मुहानमै बिषादी

    इभक्तपुर संवाददाताधादिङ,७ चैत
    ८०४ पटक
    धादिङ,७ चैत

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।

    पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए । विषादी मिसिएको पानी परीक्षणको लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

    मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मुहानसम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदनसमेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...