News Portal

  • इन्दुशंकर चिनी उद्योगमा किसानहरुले लगाइदिए ताला

    प्रेमनाथ पौडेल सर्लाही, ९ चैत
    ९८५ पटक
    सर्लाही, ९ चैत

    उखुको भुक्तानी नपाएपछि भुक्तानीको माग गर्दै आन्दोलित सर्लाहीका उखु किसानहरुले चिनी उद्योगमा ताला लगाइदिएका छन । शुक्रवार सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा किसानहरुले ताला लगाइदिएका हुन् ।
    उखु बिक्री गरेको रकम हालसम्म नपाएपछि चैत्र २ गते बाट किसानहरु आन्दोलनमा उत्रिएका थिए । अविलम्ब रकम भुक्तानीको माग गर्दै उनीहरुले आज इंन्दुशंकर चिनी उद्योगको प्रशासन बिरुद्ध उतिएका हुन् ।

    उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका छन ।

    उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किसानलाई उखुको भुक्तानी गरेको छैन ।भुक्तानी को लागी पटक पटक ध्यानाकर्षण गराउँदा समेत उखुको भुक्तानी नदिएको भन्दै भुक्तानीको माग गर्दै उखु किसानले चैत्र २ गते उद्योगको मूल गेटमा कालो भण्डा गाडेर विरोध गरेका थिए ।
    त्यस पछि चैैत्र ५ गते बाट उद्योगको मूल गेटमै पाल टाँगेर रिले अनसन थालेका उनीहरुले रिले अनसनलाई जारी राख्दै शुक्रवार उद्योगको प्रसासन को मूल गेटमै ताला लगाई प्रशासनीक कार्य ठप्प पारेका किसान नेता एवं नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताए ।
    उद्योगले चैत्र ८ गते पत्र पठाएर उखु किसानलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको बताएको छ । उद्योगले पाकिस्तान लगायत अन्य मुलुकबाट आएको चिनीको कारण आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएकोले आफुहरुले त्यस्ता चिनीमा भन्सार बढाउन पहल भई रहेको जानकारी गराउँदै किसानलाई आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन भनेको हो ।
    तर भुक्तानीको स्पष्ट मिति उल्लेख नभएकोले आफुहरुले आन्दोलनलाई जारी राखेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए । बुढाथोकीका अनुसार यस सिजनका लागि उखु क्रसिङ्गको समय सकिन लागि सकेको छ । ‘किसानले उद्योगलाई उखु बुझाएको साँढे ३ महिना भई सक्यो तर अझै पनि किसानले उखुको भुक्तानी पाएका छैनन्, किसानले अब भोक भोकै वस्नु पर्ने अवस्था आई सकेको उनको भनाई छ ।

    उखुको भुक्तानी त छँदैछ उद्योगका कारण हरिवन वजार क्षेत्रमा फैलिएको धुलो, धुँवा र दुर्गन्ध समेत उद्योगले नै नियन्त्रण गर्नु पर्ने महिला नेत्री पद्मा मोक्तानको भनाई छ । अन्तरपार्टी महिला सन्जाल हरिवनले समेत आन्दोलनलाई एक्यबद्दता जनाउदै उनीहरुले चैत्र १० गते बाट उद्योगको मूल गेटबाट जुलुस समेत निकाल्ने तयारी गरेको अर्का महिला नेत्री सचिंता घिमिरे ले बताईन । साथै उनीहरुले शनिवार नै आमरण अनसन थाल्ने समेत बताएका छन् ।
    यता हरिवन नगरपालिकाका जनप्रतिनिधीहरु पनि किसानको पक्षमा लागेका छन । देशकै एउटा ठुलो उद्योगले विभिन्न बाहानामा किसानको उखुको भुक्तानी रोक्न नहुने जनप्रतिनिधीहले बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...