News Portal

  • शक्तिको रवाफ जमाउदै प्रहरी निरीक्षकले कुटे ट्रक चालक, कार्वाहीको सहमतीपछि खुल्यो नवलपुरको बन्द

    प्रेमनाथ पौडेल सर्लाही, २३ चैत
    ८५९ पटक
    सर्लाही, २३ चैत

    दुई दिन अघि रौतहटको चन्द्रपुरमा ट्र्क चालकलाई प्रहरीले कुट्पिट गरेको कुरा सेलाउन नपाउदै बिहिबार सर्लाहीको नवलपुरमा पनि एक ट्रक चालक माथि प्रहरीले निर्घात कुट्पिट गरेको छ ।

    सिन्धुलीबाट सर्लाही हरिवनतर्फ आउदै गरेको ना ७ ख ८७४ नम्बर का ट्र्क चालक निलहरी पाैडेफ यसरी कुटिएका हुन । उनी हरिवन ११ पेट्रोल पम्पका चालक हुन । उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक कुन्दन देवले कुट्पिट गरेका हुन । देवले निर्घात कुटपिट गरेर घाइते बनाएको प्रत्यक्षदर्शीहरुले बताए ।

    सिन्धुलीबाट हरिवनतर्फ आईरहेका बेला लालबन्दी नजिकबाट एक भारतीय नम्बर प्लेट भएकाे जिप अघि लागेकाे पाैडेलले बताए । अाफूले पटक पटक अाेभरटेक गर्न खाेज्दा पनि त्यो गाडीले नदिएकाे बताए । नवलपुर चौककाे फराकिलो ठाउँमा आएपछि अाफूले जिपलाई ओभरटेक गरेकाे केही समयपछि त्यही गाडीमा सवार प्रहरी निरिक्षक देबले एकाएक गाडी राेकेर अाफुमाथि कुटपिट गरेकाे चालकले बताए । त्यतिबेला प्रहरी निरिक्षक देब साधा पाेशाकमा रहेकाे र मदिरा सेवन गरिरहेका अवस्थामा रहेकाे बताए । देबले एकाएक गालीगलाैच गरेर चालकलाई शरिरमा निलडाम हुनेगरी कुटपिट गरे ।

    प्रहरीले त्यसरी कुट्पिट गरेपछि चालकहरुले ट्रक सडक मा तेर्साए पछि केहि बेर नवलपुर चौकको अबस्था तनाब ग्रस्त बनेको स्थानिय युवा कमल महतोले बताए ।

    सडक अबरुद्द भएका कारण नवलपुरको स्थिति तनाब ग्रस्त बनेका कारण हरिपुर ,हरिवन ,लालबन्दीबाट समेत सुरक्षाकर्मी झिकाएर स्थितिलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए ।

    केहि समय पछि घटना स्थलमा आइपुगेका जिल्ला प्रहरी कार्यालय का प्रहरी उपरीक्षक एवम प्रहरी प्रमुख मसाउद आलम खा, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई , सर्लाही ट्रक ब्यबसायी संघका अध्यक्ष राजन केसि, लालबन्दी नगरपालिका वडा नम्बर दुईका अध्यक्ष किरण पासवान, माओबादी केन्द्रका नेता राजकुमार राय लगायत को टोलिले बार्तामा बसेर जाम खुलाएका थिए । दोषी निरीक्षकलाई बिभागिय कार्बाही गर्ने पिडितलाई औषधि उपचार गर्ने र प्रहरीबाट यस्तो गल्ती दोहर्याउन नदिने उपरीक्षक खाले प्रतिबद्धता जनाएपछि सडक जाम खुलाईएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...