News Portal

  • निर्वाचित जनप्रतिनिधि नै तोडफोडमा उत्रिएपछि

    काभ्रे, २६ चैत
    ६९५ पटक
    काभ्रे, २६ चैत

    काभ्रे। जनप्रतिनिधी जनताको सुखदुखको साथी हुन्छ भन्ने आम विश्वासलाई तोड्दै बनेपा नगरपालिका–६ का वडाध्यक्ष सचितानन्द केसीले स्थानिय एक व्यवसायीको पसलमा तोडफोड गरेका छन्। एक हुल यूवासंघका कार्यकर्ता लिएर गएका अध्यक्ष केसीले बनेपामा रहेको खानीखोला हार्डवेयरका प्रोपाइटर सुधिर श्रेष्ठको पसल तोडफोड गरेका हुन।

    एक हुल एमाले निकट यूवा साथमा लिएर गएका रातो ज्याकेट लगाएका केसीले श्रेष्ठको पसलमा राखेका सामान फाल्दै तोडफोडमा उत्रिएका थिए। केसीले पसलमा रहेका श्रेष्ठका परिवारका महिला सदस्यलाई पनि हातपात गरेका थिए। पसलमा सँगै रहेकी श्रेष्ठकी सानी छोरी भने पसलमा तोडफोड हुन लागेपछि भागेको भिडियो पनि सार्वजनिक भएको छ।

    स्थानिय व्यवसायीहरुलाई धम्क्याउँदै आएका केसीले व्यवसायी श्रेष्ठलाई पसल उठाउने धम्की पनि दिदै आएका थिए। आइतवार भने पसलमा आएर कुटपिट तथा तोडफोडमा उत्रिए श्रेष्ठले गुनासो गरे। हार्डवेयर पसलमा क्षतिको कुरा भन्दा पनि जनप्रतिनिधी नै गुण्डागर्दीमा उत्रिए पछि कसरी व्यवसाय गर्नु उनले गुनासो गरे।

    फुटपाथमा रहेको गाडी हटाउन भनेर एक्कासी गुण्डागर्दी शैलीमा उत्रिएका वडा नम्बर ६ का वडाध्यक्ष केसीको व्यवहारको स्थानियहरुले विरोध गरेका छन्। घटनाका एक प्रत्यक्षदर्शीले वडाध्यक्षको शैली हुकुमी तथा निरंकुश प्रकारको भएको बताए।

    प्रशासनको सहयोग लिनुभन्दा यूवाहरु परिचालित गरेर गुण्डागर्दी शैलीमा अध्यक्ष नै तोडफोडमा उत्रनु सभ्य समाजका लागि सुहाउने कुरा नभएको स्थानिय रमेश सापकोटाले बताए। कानुनी कारबाहीमा लागेको भए यस्तो घटना घटदैनथ्यो होला ।

    घटनापछि प्रहरीले दुवै पक्षलाई प्रहरीकहाँ लगेपनि वडाध्यक्ष भने सरकारमा एमाले रहेको शक्ति प्रदर्शन गर्दै रिहा भएका छन्। कुटाइ खाएका तथा व्यवसायमा क्षती व्यहोरेका  हार्डवयर सञ्चालकलाई भने प्रहरीले एमालेको दवावमा प्रहरी हिरासमतमा राखेको छ।

    प्रधानमन्त्री एमालेको केपी ओली भएको अवस्थामा आफूहहरुलाई कुनै पनि प्रहरीले केहि पनि गर्न नसक्ने भन्दै केसीले अन्य स्थानियलाई पनि धम्क्याएका छन्। केसीको धम्कीपछि स्थानियहरु पनि ओलीका कार्यकर्ताले गरिखान समेत नदिने भए भन्दै गुनासो गर्न थालेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीले यस्ता अराजकहरुलाई कार्वाह्यी गर्छन की पुरस्कृत भनेर आफट्ठूहरु हेरिरहेको समेत बताएका छन्। (हाम्रा कुरा बाट)

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...