News Portal

  • सर्वेन्द्र र शैलेन्द्रको हातमा पुग्यो प्रहरी फोर्स : निर्णय बिबादरहित र अनुकरणीय भएको दावी

    इभक्तपुर संवाददाताभक्तपुर, २७ चैत
    १३०७ पटक
    भक्तपुर, २७ चैत

    नेपाल प्रहरी र ससस्त्र प्रहरीले नयाँ महानिरीक्षक पाएको छ । नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र ससस्त्रमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुई खनाल बन्धुलाई कमाण्ड सुम्पेको हो । यी दुवै खनाल बुधबारदेखि महानिरीक्षक हुने सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन ।

    सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए भने शैलेन्द्रसंग पुष्पराम केसीको प्रतिष्पर्धा थियो ।

    आफ्ना एकैब्याचका खरेल र कार्कीलाई पछि पार्दै सर्वेन्द्र नेपाल प्रहरीको प्रमुख पद प्राप्त गर्न सफल भए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । यता ससस्त्रका शैलेन्द्र आफ्ना एक मात्र प्रतिष्पर्धी केसीभन्दा १० महिना सिनियर थिए ।

    यस अघि देउवा सरकारको प्रहरी प्रमुख बिबाद बात पाठ सिक्दै बाम सरकारले यो पटक सिनियरलाई प्रमुख बनाएर बिबाद बाट बच्न खोजेको गृह मन्त्रीको सचिवालय श्रोतले जनाएको छ ।

    ”यो निर्णय उत्तम मात्र होइन यसपछिका सरकारका लागि समेत अनुकरणीय हो ।” सचिवालय श्रोतले दावी गर्यो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...