News Portal

  • कृष्ण बहादुर महराद्वारा पार्टी परित्याग

    इभक्तपुर संवाददाताभक्तपुर, २८ चैत
    ९५१ पटक
    भक्तपुर, २८ चैत

    सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको प्रष्ट पारेका छन् । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उनले बताए ।

    संसदीय मामिला पत्रकारसँग बुधबार सिंहदरबारमा कुरा गर्दै महराले भने, ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि म सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भुमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।’

    अर्को एक प्रसंगमा सभामुख महराले दुई वर्षभित्रमा संसदको आफ्नै भवन हुने बताए । उनका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्नेछ । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भैसकेको उनले बताए । भवन निर्माणका प्राबिधिक काम शुरु भैसकेको सभामुखले बताए ।
    सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै कानूनहरु बनाइसक्नु परने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग कुरा भैसकेको बताए ।
    उनले संसदको रिपोर्टिङ गर्ने पत्रकारको सुबिधाका लागि आफूले सघाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...