News Portal

  • ठाकुरले पाए सर्लाही पत्रकारिता पुरस्कार

    प्रेमनाथ पाैडेलसर्लाही, २९ चैत
    ८५३ पटक
    सर्लाही, २९ चैत

    सर्लाही पत्रकारिता पुरस्कार २०७४ बाट अन्नपुर्ण पोस्ट दैनिकका सर्लाही संवाददाता सुनिल ठाकुर सम्मानित भएका छ्न ।
    पत्रकारिताको माध्यमबाट सर्लाहीको समग्र बिकाश, सुशासन र समाज परिबर्तन गर्न उल्लेखनिय काम गरेको भन्दै बिहीवार पत्रकारिता बिकाश प्रतिस्ठान सर्लाहीले ठाकुरलाई सम्मान गरेको हो ।

    प्रतिस्ठानले सदरमुकाम मलंगवामा मंगलबारबाट शुरु गरिएको मुख्यकानुन र आचारसंहिता बिषयक पत्रकार आबद्धता तालिम समापनको अबसर पारेर बिहीबार उक्त पुरस्कार प्रदान गरेको हो । प्रतिस्ठान का अध्यक्ष राजेश मिश्रको अध्यक्षता एवम पत्रकार माहसंघका पुर्ब अध्यक्ष डा. शुरेश आचार्यको प्रमुख आथिथ्यतामा एक कार्यक्रम का बिच ठाकुरलाई नगद र सम्मान पत्रबाट सम्मान गरिएको प्रतिस्ठान ले जनाएको छ ।

    उनलाई एक कार्यक्रमका बीच नगद १० हजार र सम्मान पत्र बाट सम्मान गरिएको छ ।
    २०६५ सालमा सर्लाहीका सक्रिय पत्रकारहरुले स्थापना गरि प्रत्येक बर्ष उत्कृष्ट कलम चलाउने एक सक्रिय पत्रकारहरुलाई प्रतिस्ठानले सम्मान प्रदान गर्दै आएको बताइएको छ ।

    सम्मान कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, वरिष्ठ पत्रकार तोया गौतम, ,नागरिक समाजका अध्यक्ष रजनिकान्त झा, समाजसेवी भवानी कोईराला पत्रकार महासंघ सर्लाहीका अध्यक्ष बिश्वनाथ ठाकुर, पुर्ब अध्यक्ष द्वय चुडामणी वाग्ले र रोशन नेउपाने, बिभिन्न सन्चार गृहमा काम गर्ने सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...